
काठमाडौँ, ३० कार्तिक । एनआईसी एशिया बैंक लिमिटेडको शुक्रबार बसेको ३७७ औँ सञ्चालक समितिको बैठकले आर्थिक ०७४/०७५ को लागि प्रतिशेयर रु १० (१० प्रतिशत) शेयर लाभांश तथा शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि प्रतिशेयर रु ०.५२६ (०.५२६ प्रतिशत) नगद लाभांश दिने निर्णय गरेको छ । लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चालत मात्र शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।
बैंकले आर्थिक वर्ष ०७४/०७५ मा वार्षिक विन्दुगत आधारमा तथा सापटीतर्फ रु ४८ अर्ब (६७ प्रतिशत)ले वृद्धि गरी रु १२० अर्ब तथा निक्षेपतर्फ रु ६४ अर्ब (७३ प्रतिशत)ले वृद्धि गरी रु १५२ अर्ब संकलन गरेको छ । त्यसैगरी चालु आर्थिक वर्ष २०७५/०७६ को पहिलो त्रैमाससम्मा कर्जा तथा सापटीतर्फ वार्षिक विन्दुगत आधारमा ६१ प्रतिशत (रु ५३ अर्ब) ले वृद्धि गरि रु १३९ अर्ब तथा कुल निक्षेप संकलनमा ५८ प्रतिशत (रु ६० अर्ब) ले वृद्धि गरि रु १६३ अर्ब गर्न सफल भएको छ ।
साथै खुद मुनाफा १७० प्रतिशत (रु ४७ करोड) ले वृद्धि गरी रु ७५ करोड ५३ लाख आर्जन गरेको छ । बैंकको प्रतिशेयर आम्दानी रु ३६.७८ रहेको छ । यसै अवसरमा बैंककले हासिल गरेको उपलब्धीहरुमा विशिष्ट योगदान पुर्याउने ग्राहक, शेयरधनी, नियमनकारी निकायहरु लगायत सबैको पहिलो रोजाइको र देशकै सबैभन्दा ठूलो बैंक बन्ने लक्ष्यमा अहोरात्र परिश्रम गरि अतुलनीय योगदान दिने बैंकका सबै कर्मचारीलाई धन्यवान दिइएको छ ।
बैंकले आफ्नो शाखा सञ्जालमा आर्थिक वर्ष २०७४/०७५ मा ११२ नयाँ शाखा थप गरी कुल २३१ शाखा सञ्जाल, १५० नयाँ एटीएम थप गरी २२० एटीएम, १० एक्सटेन्सन काउन्टर थप गरी कुल १४ एक्सटेन्सन काउन्टर तथा १५ नयाँ शाखारहित बैकिङ थप गरेको छ ।
हाल बैंककले नेपालभर २६५ वटा शाखा सञ्जाल, २६९ एटीएम, ३७ एक्सटेन्सन काउन्टर तथा १८ शाखारहित बैकिङ सेवामार्फत आफ्नो सेवा प्रदान गरिरहेको सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए ।















प्रतिक्रिया