४ कार्तिक २०८३, बुधबार

सफल भयो पूर्वराजा ज्ञानेन्द्रको कसरत, राप्रपा एकीकरणको सैद्धान्तिक सहमति ‘राज संस्था र हिन्दु धर्म’

16.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । तीन वटा राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरणको सैद्धान्तिक विन्दुमा सहमति भएको छ । राज संस्था र हिन्दु धर्मलाई सैद्धान्तिक बटमलाईन बनाएका तीन दलमा झन्डा, चुनाव चिन्ह, पदीय जिम्मेवारीमा भने सहमति हुन सकेको छैन । त्यसमा सहमति खोजेपछि एकीकरण घोषणाको मिति तय गर्ने तयारी भएको छ ।

कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनीको एकीकृत राप्रपा (राष्ट्रवादी)बीच एकीकरणको अभ्यास जारी छ ।

एकीकरणका लागि कत्रो कन्द्रीय समिति बनाउने, प्रादेशिक संरचना कस्तो हुने भन्ने विषयमा कुरा मिल्न बाँकी रहेको छ । एकीकरणपछि महाधिवेशनमार्फत टुंग्याउन थापाले प्रस्ताव गरेपनि राणा र लोहनीले उक्त विषय अहिले नै टुंगो लगाएर जाँदा उपयुक्त हुने बताएपछि एकीकरण घोषणामा विलम्ब भएको हो ।

तीनै नेता राजसंस्था र हिन्दु धर्मलाई राप्रपाको आधिकारिक लाइन बनाउन सहमत भएका थिए । यसअघि राणा नेतृत्वको राप्रपाले भने गणतन्त्रलाई सैद्धान्कि लाइन बनाइसकेको थियो । थापाले राजतन्त्रलाई नै राप्रपाको खास लाइन बनाउन प्रस्ताव गरे पनि अहिले राजतन्त्र भन्नुभन्दा राज संस्था भनेर जान उपयुक्त हुने अन्य नेताको सुझावका आधारमा सहमति भएको हो ।

राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. लोहनीले एउटा अन्तरवार्तामा ‘राज संस्था र हिन्दु धर्म’का विषयमा सहमति भइसकेको खुलासा गरेका थिए भने राणाले पनि एउटा अन्तरवार्ताका क्रममा घुमाउरो पारामा उक्त सहमति भएको स्वीकार गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले गत बर्षदेखि थालेको राप्रपा एकीकरणको प्रयत्नले मूर्त रूप लिन लागेको बताइन्छ । झापामा १५ दिन बस्दा राप्रपाका दोस्रो तहका नेताहरूसँग उनको भलाकुसारी भएको थियो ।

नेपालमा हिन्दू राज्य स्थापना गरी राज संस्थालाई जीवित बनाउनका लागि शाहले भारतसँग कुटनीतिक संवादलाई जारी राखेका छन् । उनले अनौपचारिक रूपमा थाइल्यान्ड, माल्दिभ्स, श्रीलंका र मुम्बईमा पुगी भारतीय अधिकारीलाई भेटेको दाबी गरिएको थियो ।

तर कमल थापाबाहेक राप्रपाका अन्य नेताले शाहसँग यस विषयमा कुनै सहमति नबनेको अथवा परामर्श नभएको भन्दै फेस सेभिङ गर्दै आएका छन् । राप्रपा एकीकरणको प्रसङ्गलाई अघि सार्नुअघि नै थापाले भारतमा आगामी ११ डिसेम्बरपछि हुने चुनाव र फेरि नरेन्द्र मोदी सत्तामा आएपछि नेपालमा व्यवस्था परिवर्तन हुने बताइसकेका थिए । उनको यो संकेतसँगै पूर्वपञ्चहरूले नेतृत्व गरेका पार्टी एकीकरणमा र सतहमा हिन्दू धर्मको प्रचारका लागि शिव सेना नेपाल, पूर्वयुवराज पारस शाहलगायत सक्रिय देखिएकै छन् ।

राप्रपा एकीकरण घोषणा पनि मंसिर अन्तिम अथवा २७ पुसमा गर्ने विषयमा छलफल भइरहेको छ । २७ पुष राष्ट्रिय एकता दिवस र वडामहाराज पृथ्वीनारायण शाहको जन्मदिन पनि परेको हुँदा त्यस्तो तयारी हुनसक्ने अड्कल राजावादीहरूले गरेका छन् ।