४ कार्तिक २०८३, बुधबार

रोजर फेडेररले संघर्षसहित अन्तिम चारमा ठाउँ बनाए

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३० कात्तिक । स्वीट्जरल्याण्डका टेनिस स्टार रोजर फेडेरर एटीपी फाइनल्सको सेमिफाइनलमा पुगेका छन् । दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई हराउँदै फेडेरर अन्तिम चारमा स्थान बनाउन सफल भए ।

६ पटकका च्याम्पियन फेडेरर १५औं पटक एटिपी फाइनल्सको सेमिफाइनलमा पुगेका हुन् । यो जितका कारण फेडेररको फाइनल पुग्ने सम्भावना पनि प्रवल बनेको छ ।

सेमिफाइनलमा उनले शीर्ष वरियताका नोभाक जोकोभिचसँग खेल्नु नपर्ने सम्भावना बढेको छ । पहिलो खेलमा जापानका केई निशिकोरीसँग पराजित भएका जोकोभिचले दोस्रो खेलमा अष्ट्रियाका डोमिनिक थिमलाई हराएका थिए ।

अघिल्लो दुई खेलमा जित हात पार्दै सेमिफाइनलमा स्थान बनाइसकेका एन्डरसनलाई फेडेररले ६–४ र ६–३ को सोझो सेटमा हराए । यता जोकोभिचले दुई खेल जित्दै सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

अन्तिम खेलमा उनले क्रोएसियाका मरिन सिलिचलाई हराएमा समूहको विजेता बन्नेछन् । जर्मनीका अलेक्सान्दर भेरेज, अमेरिकाका जोन इस्नर र मरिन सिलिच भने सेमिफाइनलमा स्थान बनाउनका लागि संघर्षरत छन् । एजेन्सी