११ कार्तिक २०८३, बुधबार

इसाई धर्म प्रचारक यी जापनिजहरू देश निकाला

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । गृह मन्त्रालयले भिसा दुरूपयोग गरी धर्म परिवर्तन गर्न प्रचारप्रसार गरिरहेका २ जापानी महिलालाई ५ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाइ निस्कासन गरेको छ ।

मारी इकुरा र यासुको ओवाले इसाई धर्म प्रचारप्रसार गर्ने र गरिब बस्तीमा आर्थिक प्रलोभन देखाइ धर्म परिवर्तन गराउँदै आएका थिए। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

गृहसचिव प्रेमकुमार राईको सचिवस्तरीय निर्णयबाट धर्म परिवर्तन गराउन संलग्न ती जापानीलाई बिहीबार निस्कासन गरिएको हो। उनीहरू पर्यटक भिसामा बस्दै आएका थिए। उनीहरूको भिसाको बाँकी अवधि रद्द गरिएको छ।

अध्यागमन विभागका निर्देशक विष्णुहरि उपाध्यायले धर्म प्रचारमा संलग्न २ जापानीलाई निस्कासन गर्ने निर्णय भएको बताए। उनले भने, ‘दुवैले जापान फर्कने टिकट पेस गरिसकेका छन्। तिनलाई तत्काल जापान फिर्ता गर्छौं।’

अध्यागमन विभागले उनीहरूलाई जनही ५०/५० हजार जरीवाना गरी पाँच वर्ष निष्काशन गर्ने प्रस्ताव गर्दै यसै साता गृह मन्त्रालयमा फाइल पठाएको थियो।

गृह मन्त्रालयले इसाइ धर्म प्रचारकै क्रममा पक्राउ परेकी अस्ट्रेलियाकी युवती क्याटिया ग्रानलाई समेत निष्काशनको तयारी गरेको छ। विद्यार्थी भिसामा बसेकी उनले धर्म प्रचार गरेको पुष्टी भएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले कारवाहीका लागि काठमाडौं पठाएको हो।