
काठमाडौं, २९ कात्तिक । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने फेरि पनि इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगितामा दिल्ली डेयरडेभिल्सबाट खेल्ने भएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप यो वर्षको आईपिएल टी–२० क्रिकेटमा पनि दिल्लीबाट खेल्न लागेका हुन् ।
१२ औं सिजनको आइपिएलका लागि दिल्लीले सन्दीपलाई छनोट गरेको हो । यो सिजन आगामी मार्च २३ बाट सुरु हुँदैछ । सन्दीप गत सिजन ३२ लाख रुपैयाँमा दिल्लीमा आबद्ध भएका थिए ।















प्रतिक्रिया