४ कार्तिक २०८३, बुधबार

ईपीएल क्रिकेटले पायो आईसीसीको मान्यता

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को मान्यता पाएको छ ।

आईसीसीले एभरेष्ट प्रिमियर लिगलाई मान्यता दिएको आयोजकले बिहीबार जानकारी दिएको छ । आईसीसीको मान्यता पाएसँगै अब लिगमा विदेशी खेलाडीहरुले पनि खेल्न पाउने भएका छन् ।

आयोजकले प्रतियोगितालाई मान्यता दिलाउन २० हजार अमेरिकी डलर समेत आईसीसीलाई बुझाएको छ । आयोजकले नेपाल राष्ट्र बैंकबाट उक्त रकम आईसीसीलाई पठाएको जनाएको छ । उक्त रकम आईसीसीले नेपाली क्रिकेट विकासको लागि खर्चनेछ । मंसिर २२ देखि शुरु हुने प्रतियोगिता पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।