
–बिजय चालिसे
कावासोती, २८ कात्तिक । राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र च्यासल युथ क्लब भिड्ने भएका छन् । नवलपुरको मध्यविन्दु नगरपालिका –२, कोल्हुवामा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको अन्तिम सेमिफाईनल खेलमा च्यासल फाईनलमा पुगेको हो ।
च्यासलले हिमालयन शेर्पा क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै पुलिससँगको भेट पक्का गरेको हो ।
पहिलो हाफको २२ औं मिनेटमा सन्जोग राईको गोलबाट अग्रता लिएको च्यासलले दोस्रो हाफमा ३ गोल हान्यो । दोश्रो हाफको ७२ औं मिनेटमा बिमल घर्ती मगरले पेनाल्टी मार्फत च्यासलको अग्रता दोब्बर पारे । लगत्तै ७५ औं मिनेटमा विश्व अधिकारिले गोल गरे भने चौथो गोल ८१ औं मिनेटमा हेमन्त थापा मगरको नाममा रह्यो ।
खेलको म्यान अफ दी म्याच च्यासलका विश्व अधिकारिले नगद ५ हजार पुरस्कार प्राप्त गरे । फाइनल खेल बिहीबार दिउँसो साढे एक बजे हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधी बिजेताले ४ लाख ९९ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो हुने टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ मेडल, प्रमाण पत्र पाउने छन् । यस्तै फाईनलमा पुग्ने २ टिमले म्याच मनि स्वरुप १ लाख रुपैयाँ पाउने छन् ।















प्रतिक्रिया