४ कार्तिक २०८३, बुधबार

जितसँगै रोजर फेडेररलाई यसरी आयो खुसी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २८ कात्तिक । पहिलो खेलमा पराजित भएका रोजर फेडेरर दोस्रो खेलमा विजयी हुँदै एटिपी फाइनल्समा आश जीवितै राख्न सफल भएका छन् । स्वीस फेडेररले अस्ट्रियाका डोमिनिक थिएममाथि सहज जित निकालेका हुन् ।

फेडेररले थिएमलाई ६–२ र ६–३ को सेटमा हराएका हुन् । ६ पटकका च्याम्पियन फेडेरर पहिलो खेलमा जापानका केही निशिकोरीसँग पराजित भएका थिए ।

अब फेडेररले केविन एण्डरसनसँग प्रतिस्पर्धा गर्नेछन् । उनले निकिशिकोरीलाई ६–० र ६–१ को सेटमा पराजित गरेका हुन् । एजेन्सी