११ कार्तिक २०८३, बुधबार

दुई हजारभन्दा बढी अधिकृतको आवेदन खुल्दै

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ । आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखि सहसचिवसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

संशोधित कार्यतालिकाअनुसार मंसिर २६ गते अधिकृतका लागि विज्ञापन आह्वान गरिने आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

यसअघि सरकारको निर्णयका कारण लोकसेवाको कार्यतालिका दुई महिना पर सरेको थियो । ‘आयोगले एकै पटक यति ठूलो संख्यामा विज्ञापन गर्न लागेको पहिलो हो’, सुवेदीले भने, ‘संघ, प्रदेश र स्थानीय तहका लागि धेरै कर्मचारी आवश्यक छन् ।’

आयोगले गतवर्ष शाखा अधिकृतदेखि सहसचिवसम्म १ हजार ९ सय ७० संख्यामा विज्ञापन मागेको थियो । यस वर्ष भने त्योभन्दा पनि बढीको संख्यामा आवेदन खुल्ने सुवेदीले बताए ।

आयोगले मंगलबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, न्यायसेवा आयोग र व्यवस्थापिका संसद्लाई आवश्यक कर्मचारी माग्दै विवरण पठाउन परिपत्र गरेको छ ।