११ कार्तिक २०८३, बुधबार

सरकारले सूचना लुकाएकै दिन मन्त्रीहरूले गरे छक्कै पर्ने काम !

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री केपी ओली बिरामी भएपछि झन्डै १५ दिनदेखि रोकिएको मन्त्रिपरिषद् बैठक आइतबार बस्यो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १६ वटा निर्णय गर्यो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

बैठकलगत्तै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चारकर्मीसामु उपस्थित भए । तर, बैठकका कुनै निर्णय सार्वजनिक गरेनन् ।

‘पत्रकार सार्थीहरू, अलि लामो समयपछि आज मन्त्रिपरिषद् बैठक बस्यो, धेरै विषयमा छलफल भयो, आवश्यक निर्णयहरू गरिएको छ, समयक्रममा तपाईहरूले थाहा पाइहाल्नुहुन्छ’, उनले भने, ‘डिटेल दिन केही प्रबन्ध गर्दैछौँ, फरक ब्यवस्थापन आउँछौँ होला ।’

सरकारका प्रवक्ताले निर्णय सार्वजनिक नगरे पनि मन्त्रिपरिषदका अन्य सदस्यले सञ्चारमाध्यमलाई निर्णयका सूचना चुहाए ।

सूचना बाहिर आईहाल्यो । तर, सरकारले सूचना लुकाउन खोजेको भन्दै आलोचना भईरहेको छ ।