११ कार्तिक २०८३, बुधबार

जुनियर नेताको घरमा पुगे पौडेल, अरुलाई नेतालाई निषेध

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । गुट उपगुटमा विभाजित नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले ईतरका नेताहरु एकजुट हुन थालेका छन् । सभापति देउवाले पार्टीलाई विधि र प्रक्रिया अनुसार सञ्चालन गर्न नसकेको भन्दै देउवा पक्ष इतरका नेताहरुले आलोचना गर्न थालेका छन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

विधि र प्रक्रियालाई वेवास्ता गर्दै सभापति देउवाले उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनीत गरेको भन्दै कांग्रेसभित्र किचलो शुरु भइरहेको बेला कांग्रेस नेतृ सुजाता कोइराला निवासमा कांग्रेसका भेला भै अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गरेका छन् । कोइराला निवासमा सोमबार भएको छलफलमा महामन्त्री डा.शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, डा. रामशरण महत, प्रकाशमान सिंह र अर्जुन नरसिंह केसीको उपस्थिति रहेको थियो ।

भेलामा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पनि बोलाइएको थियो । सिटौला छठ को कार्यक्रममा भाग लिन झापा जानु पर्ने भएकोले उपस्थित हुन सक्नुभएको थिएन । नेतृ सुजाता कोइरालाले आव्हान गरेको भेलामा उपस्थित नेताहरुले अब नियमित छलफल गरी सहमतिका साथ एकजुट भएर अघि बढ्ने सहमति गरेका थिए ।

डा.शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार सोमबारको भेलामा कांग्रेसको सशक्त भातृ संगठन नेपाल विद्यार्थी संघको विवाद, विधान संशोधनको विषय र महासमिति बैठकमा प्रस्तुत गरिने एजेण्डाको बारेमा छलफल भएको थियो ।

साथै पार्टी, नेतृत्व र राष्ट्रिय राजनीतिमा पार्टीको स्थान समेत अत्यन्त कमजोर बन्दै गएको भन्दै शीर्ष नेताहरुले नियमित छलफल गरी अघि बढ्नु पर्ने धारणा राखेका थिए ।

नेविसंघको विवादका बारेमा सहमतिको मध्य विन्दु खोजेर अघि बढ्नुपर्ने निष्कर्ष निकाले पनि विधान संशोधन र महासमिति बैठकमा प्रस्तुत गरिने अन्य एजेण्डाको बारेमा आगामी बैठकमा छलफल गर्ने भन्दै नेताहरु बाहिरिएका थिए ।

गुटगत विवादका कारण नेविसंघको महाधिवेशन अनिश्चित बन्दै गएको छ भने विधान संशोधनमा पदाधिकारीको संख्या कति राख्ने, पदाधिकारी मनोनीत गर्ने की निर्वाचित गर्ने, एकल सदस्यमात्र कायम गर्ने की नगर्ने जस्ता विषयमा कांग्रेसभित्र विवाद छ ।

विधान संशोधन तथा परिमार्जन गर्ने मुख्य एजेण्डा सहित मंसिरको अन्तिम साता महासमिति बैठक आव्हान भैसकेको बेला गच्छदारलाई हतार गरेर उपसभापति बनाउनुको पछाडि विधानमा पदाधिकारीको संख्या थप गर्ने निश्चित भएको अनुमान लगाइएको छ ।

पदाधिकारी संख्या बढाउने बारे कांग्रेस भित्र मत भिन्नता भैरहेको बेला दुई उपसभापति मनोनित गरेर सभापति देउवाले पदाधिकारी संख्या बढ्ने संकेत गराउनु भएको देउवा निकट एक केन्द्रीय सदस्यले जानकारी दिए ।

संशोधित विधान मस्यौदामा मनोनित उपसभापति तीन जना राख्ने वा दुई निर्वाचित एक मनोनीत राख्ने विकल्पमा छलफल भैरहेको छ । विधान मस्यौदा समितिका संयोजक महामन्त्री पूर्णवहादुर खड्काका अनुसार केन्द्रीय समितिमा सदस्यको संख्या बढाउने कुरामा सबै एकमत भएपनि पदाधिकारीको बारेमा छलफल गरी विधान मस्यौदालाई अन्तिम रुप दिने कार्य भैरहेको छ । पदाधिकारी संख्या १० राख्दा पनि उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष मनोनित गर्ने की निर्वाचित गर्ने बारे छलफल भैरहेको उहाको भनाई छ ।