१३ कार्तिक २०८३, शुक्रबार

केशव स्थापितको घरमा ‘खाना खाँदा’ ढुङ्गा प्रहार

18.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २६ कार्तिक । पूर्वमन्त्री केशव स्थापितको घरमा भोजन गरेर फर्कने क्रममा प्रदेश सभाका दुई सांसद चढेको गाडीमा ढुङ्गा प्रहार भएको छ ।

प्रदेश सांसद गणेश दुलाल र प्रकाश श्रेष्ठ प्रदेश ३ का पूर्व भौतिक योजना मन्त्री केशव स्थापितको बौद्ध महाँङ्लस्थित घरमा सोमबार बिहान खाना खान पुगेका थिए ।

खाना खाएर बाहिर निस्किएपछि उनीहरु चढेको बा १९ प ४९८ नम्बरको गाडीमा मोटरसाइकलमा आएका अज्ञात ब्यक्तिले बिहान ११ बजेर ४५ मिनेट ढुङ्गा प्रहार गरेका हुन् ।

गाडीको अगाडिको सिसामा क्षति पुगेको छ । महानगरीय प्रहरी प्रमुख डिआईजी शैलेस थापा क्षेत्रीले घटनामा संलग्नलाई पक्राउ गरेर अनुसन्धान सुरु भएको बताएका छन् ।

प्रहरीका अनुसार घटनामा संलग्न खोटाङ घर भई स्थापितकै छिमेकमा बस्ने पासाङ दोर्जे शेर्पा पक्राउ परेका छन् । उनले सांसद चढेको गाडीले बाटो च्यापेर आएपछि ढुङ्गा प्रहार गरेको प्रारम्भिक बयान दिएका छन् ।

उनी डिप्रेसनको औषधी खादै रहेको बिरामी रहेको प्रहरीले जनाएको छ ।