४ कार्तिक २०८३, बुधबार

इफाप्काको ४४ औं सम्मेलनमा भाग लिन महासंघ टोली मलेसिया प्रस्थान

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २६ कार्तिक । मलेसियामा हुने एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था (इफाप्का) को ४४ औं सम्मेलनमा भाग लिन नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको छ ।

मलेसियाको राजधानी क्वालालामपुरमा हुने सम्मेलनमा महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ । सम्मेलनमा सहभागी हुन जाने प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका उपाध्यक्ष पेम्बा लामा शेर्पा, कोषाध्यक्ष हिरण श्रेष्ठ सहित महासंघ सचिवालयको टोलीले बिदाइ गरेको छ ।

सम्मेलनमा निर्माण क्षेत्रमा देखा परेका चुनौति र समाधानका बारेमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । इफाप्का सदस्यहरुबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा पनि सम्मेलनका क्रममा छलफल हुने बताइएको छ । सोमबारबाट सुरु हुने सम्मेलन चार दिन सम्म चल्नेछ ।

नेपाली प्रतिनिधिमण्डलले मलेसियासहित सिंगापुर र इण्डोनेशियाको समेत भ्रमण गरी भौतिक पूर्वाधारको क्षेत्रमा ती राष्ट्रले हासिल गरेका उपलब्धीको स्थलगत अध्ययन अवलोकन गर्ने कार्यक्रम छ ।