४ कार्तिक २०८३, बुधबार

राइनो संरक्षण गोल्डकप : एनअारटीलाई हराउँदै च्यासल सेमिफाईनल प्रवेश

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, २५ कार्तिक । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा संरक्षित एक सिंगे गैंडाको संरक्षणका लागि सचेतनाका लागि आयोजना गरिएको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको दाेस्राे क्वाटर फाईनल खेलमा च्यासल युथ क्लव विजयी भयकाे छ ।

च्यासलले एनआरटी न्युरोड टिमलाई १–० गोल अन्तरले पराजित गरेको हो ।  याे सँगै सेमिफाईनल पुग्ने च्यासल युथ क्लव पहिलाे भएकाे छ । खेलकाे पहिलाे हापमा दुवै टिमबाट कुनैपनि गाेल हुन सकेन । खेलकाे दाेस्राे हाफकाे १० अाै मिनटमा च्यासल युथ क्लवले पाएकाे कर्नर सुटलाई फरवार्ड खेलाडी विमल घर्ती मगरले हेड मार्फत गाेल गरेका थिए। विमलले गरेको गाेल नै खेलकाे निर्णायक गाेल बन्न पुग्याे ।

भाेलिकाे खेल एपिएफ क्लव र हिमालयन शेर्पाबीच हुने खेल संयोजक शेतमान पुनले जानकारी दिए । खेलमा विभागीय टिम २ र ए डिभिजन क्लबका ६ टिमकाे सहभागिता रहेकाे थियाे । खेल कार्तिक १५ गते सुरु भएकाे खेल २९ गतेसम्म चल्ने प्रचार प्रसार समितिका संयोजक बिष्णु अधिकारिले बताए ।

राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको माध्यमबाट युवाहरुमा वन, वन्यजन्तु एवम् वातावरण संरक्षण चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्या–पर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटक आर्कषित गर्ने लगायतका उद्देश्य रहेको छ । प्रतियोगितामा पहिलाे हुनेले रु ४ लाख ९९ हजार ५५५ र दाेस्राे हुने टिमले रु २ लाख ५५ हजार ५५५ मेडल, प्रमाण पत्रकाे साथै फाईनलमा पुग्ने २ टिमलाई म्याच मनि रु १ लाख दिइनेछ ।

हरेक बर्ष एक सिङ्गे गैडा संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्ज नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिद्वारा प्रतियाेगिता आयोजना हुँदै अाएकाे छ ।