
निमित्त निर्देशक, वीर अस्पताल
काठमाडौं, २५ कात्तिक । स्वास्थ्य उपचारमा आर्थिकभन्दा प्राविधिक पाटो महत्वपूर्ण मानिन्छ । बायोमेड इन्टरनेसनल र हिमालयन मेडिटेकले पेस गरेको प्राविधिक पक्षको मूल्यांकन धेरै फरक देखियो ।
बायोमेडले जर्मन कम्पनी ब्रेन ल्याब र हिमालयनले अमेरिकी कम्पनी न्युरोलोजिकाबाट उत्पादित मेसिनको नाममा टेन्डर हालेका थिए । अस्पतालले माग गरेअनुसार बायोमेडको एक्स–रे डिक्टेटर १ दशमलव २५५ एमएमकै भएको, तर हिमालयनको नभएको देखियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
बायोमेडमा अटोमेटिक इमेज रजिस्ट्रेसन सिस्टम भए पनि हिमालयनमा थिएन । अप्रेसन टेबलसँगै सिटिस्क्यान मेसिन जोडिएको हुनुपर्ने मागअनुसारको मेसिन हिमालयनको थिएन ।
त्यस्तै एन्टिट्रेन्डेलेन बर्ग प्लस माइनस ४५ डिग्री माग भएकोमा बायोमेडको ६५ डिग्री र हिमालयनको २५ डिग्रीको मात्रै भएको, कोलम रोटेसन ३६० डिग्री हुनुपर्ने तथा युएसएफडिए हुनुपर्ने मापदण्ड बायोमेडले पूरा गरे पनि हिमालयनले गरेन । मोबाइल सिटी र नेभिगेसन सिस्टम एउटै भएको कम्पनीको माग भएकोमा बायोमेडको भएको, तर हिमालयनमा फरक–फरक कम्पनीको भएको टेन्डर प-यो ।















प्रतिक्रिया