११ कार्तिक २०८३, बुधबार

कर्मचारी भर्नामा अनियमितता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । प्रतिष्ठानअन्तर्गत वीर अस्पतालमा जनरल र मेडिकल स्टोर छन् भने सेवा आयोग, ट्रमा सेन्टर र नर्सिङ क्याम्पसका छुट्टाछुट्टै गरी पाँचवटा स्टोर छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यी स्टोरले सामान खरिदमा अनियमितता गर्ने गरेको केन्द्रले औँल्याएको छ । लाखौँ मूल्यका सामान प्रतिस्पर्धा नगराई एउटै फर्मबाट सीधै खरिद गर्ने गरेको पाइएको छ ।

वीरको जनरलतर्फको स्टोरमा एयर कन्डिसनर, कम्प्युटर, प्रिन्टर, फर्निचर, छपाइसम्बन्धी सामान हुन्छन् । तर, त्यहाँ प्रशासन सेवाका कर्मचारी हुनुपर्नेमा स्टाफ नर्स रमिला चौलागाईंलाई राखिएको छ ।

वार्षिक करिब डेढ करोड रुपैयाँ सामान आपूर्ति गर्ने ती स्टोर शाखाको कारोबार पारदर्शी नभएको प्रतिवेदनले बताएको छ । स्टोरमा आफ्ना मान्छे राखेर आर्थिक अनियमितता गर्ने गरिएको प्रतिवेदनले जनाएको छ ।

वीरका कर्मचारी ढिला आउने र कार्यालय समयभन्दा चाँडै जाने गरेको पनि छानबिनमा भेटिएको छ । समयमै हाजिर हुने कर्मचारी पनि अस्पतालको नियमित सेवामा नबस्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।