बझाङ, २५ कात्तिक । निर्माण–व्यवसायी विष्टले सम्मानसँगै नगद पुरस्कार पनि पाएका छन् । दुइटा सरकारी कार्यालय भवन निर्माण गर्दा ४४ लाख पुरस्कार पाएका हुन् ।
तोकिएको समयभन्दा दुई सय दिन (झन्डै ६ महिना)अघि काम पूरा गर्ने निर्माण–व्यवसायीले पुरस्कारस्वरूप थप १० प्रतिशत रकम पाउने व्यवस्था छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
उनले जिल्ला मालपोत कार्यालय र जिल्ला हुलाक कार्यालयको भवन तोकिएको समयभन्दा दुई सय दिनअघि नै सम्पन्न गरेका हुन् ।
मालपोत कार्यालयको भवन हस्तान्तरण गर्दा १० प्रतिशत बराबर ३२ लाख र हुला कार्यालयको भवन हस्तान्तरण गर्दा १२ लाख पाएका हुन् । ‘छिटोछरितो गुणस्तरीय काम गरेको छु, अरू योजना पनि समयमै पूरा गर्नेछु,’ विष्टले भने ।















प्रतिक्रिया