५ कार्तिक २०८३, बिहिबार

सुष्मा अधिकारीलाई शिव विक भन्छन्–‘म पनि तिम्रै हो’ (भिडियोसहित)

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ । दुई हजार बढी म्युजिक भिडियोमा कोरियोग्राफी गरेका शिव बिकको गीत ‘म पनि तिम्रै हो’ सार्वजनिक भएको छ ।

गीतमा बिक र स्मृति शाहीको आवाज रहेको छ । अमृत लहगुनको र्‍याप रहेको गीतको शब्द रचना गोविन्द प्रसाद उपाध्यायले गरेका हुन् । गीतमा गायक बिककै संगीत रहेको छ भने संगीत संयोजन रमेश सेन्च्युरीको रहेको छ ।

शिवकै निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो रबिन बिकले सम्पादन गरेका हुन् । सुष्मा अधिकारी, सुन्दर खवास र शिव बिक फिचर्ड भिडियो शम्भु चालिसेले खिचेका छन् ।