२ कार्तिक २०८३, सोमबार

खानेपानी उपभोक्ता महासंघ बर्दियामा सम्सेली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, १३ माघ । खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरुको छाता सँगठन खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा बर्दियाको अध्यक्षमा टिका सम्सेली सर्वसम्मतीले चयन हुनु भएको छ ।

उपभोक्ता महासंघ जिल्ला शाखा बर्दियाको पहिलो अधिवेशनले सम्सेलीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।

महासंघको उपाध्यक्षमा चन्द्रश्वर सुवेदी, सचिवमा हरी प्रसाद लामिछाने, कोषाध्यक्षमा लक्ष्मी अधिकारी चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमा चन्द्रमणि पौडेल, कमानसिहं ओली, कृष्णा ढकाल, नरला बिक, हरिप्रसाद पासवान, लक्ष्मी भुर्जी र खगेश्वर गौतम रहेका छन् । साथै अधिवेशनबाट पाँच सदस्यीय सल्लाहाकार समिति पनि चयन गरिएको छ ।

सल्लाहाकार समितिमा आनन्द ढुंगाना, प्रतापकुमार गौतम, शिवप्रसाद चौधरी, देउतादेवी ठाकुर र कालिकादेबी बिष्ट रहेको खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका कार्यक्रम संयोजक यज्ञप्रसाद सापकोटाले बताएका छन् ।

यस अघि तदर्थ समिति रहेको जिल्ला महासंघको अध्यक्षमा पनि सम्सेली नै हुनुहुन्थ्यो ।

कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका केन्द्रीय सचिवालय सदस्य कुलमणि देवकोटा, खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय बर्दियाका प्रमुख अर्जुनकुमार बम, जिल्ला विकास समिति बर्दियाका कार्यक्रम अधिकृत शुन्दर श्रेष्ठ, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष मिनराज शर्मा, उद्योग बाणिज्य संघ गुलरियाका अध्यक्ष अमरबहादुर खड्का लगायतकाले अधिबेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए ।