
काठमाडौं, २० कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि पोखरा पल्टनले १६१ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६० रन बनाएको हो ।
चितवनका लागि कप्तान पारस खड्काले अर्धशतकीय इनिङस खेले । कप्तान पारसले ३७ बलमा ९ चौकासहित ५१ रन जोडे । रन आउट हुनुअघि पारसले दोस्रो विकेटका लागि अनिल कुमार साहसंग ७६ रनको साझेदारी गरे । अनिल ३७ रनमा आउट भए । त्यस्तै सन्नी पटेलले ४३ रन जोड्दा आरिफ शेखले १४ रन बनाए ।
पोखराका लागि मोहमद नाभिद र ललित नारायण राजवंशीले १/१ विकेट लिए ।
प्रतियोगिताको विजेताले २७ लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाखमा चित्त बुझाउने छ ।















प्रतिक्रिया