४ कार्तिक २०८३, बुधबार

तिहार र छठको अवसरमा एनआईसी एशिया रेमिटले ल्यायो थप सुविधा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १९ कार्तिक । एनआईसी एशिया बैंकले तिहार र छठको अवसरमा .थप सुविधा ल्याएको छ । अब ३ पटकको सट्टामा, मात्र हरेक २ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ ।

एनआईसी एशिया बैंकले तिहार र छठको अवसरलाई ध्यानमा राख्दै नेपालभरी एक ठाउँबाट अर्काे ठाउँँमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक तेस्रो कारोवार सित्तैमा पठाउने छुट प्रदान गरेको छ । विप्रेषण रकम बैंकका मुलुकभर फैलिएको २६५ शाखा कार्यालयहरु, २९ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ ईकाई एवं ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिनेछ ।

यो सुविधा कात्र्तिक र मंसिर महिना सम्मको लागि लागू हुनेछ । यो सुविधाबाट चाडपर्वहरुको समयमा ग्राहकले पैसा पठाउदा उच्चतम लाभान्वित हुने र झन्झटरहित तरीकाबाट ठूलो सञ्जाल भएको यस बैंकमार्फत सजिलै पैसा पठाउन र निकाल्न सकिने बैंकले जानकारी गराएको छ । साथै यो योजना आइतबारदेखि (कार्तिक १८) आउँदो मंसिर २९ गते सम्म लागू हुनेछ ।

हाल बैंकले २६५ शाखा कार्यालयहरु, २६५ एटिएम छन् भने २९ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैकिङ ईकाई मार्फत बैकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १४२ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको  बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले बताए ।

हालसम्म बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।