२ कार्तिक २०८३, सोमबार

एकान्त ठाउँमा बोलाएर नाता पर्ने बालिका बलात्कार गर्दा…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapeइलाम, १३ माघ । साझपँख एक वालिकाको मोबाईल नाता पर्ने अंकलको फोन आयो ।

अंकलले एकान्त ठाउँमा बोलाए ति वालिकालाई । अनि वालिकालाई बलात्कार गरे । कसैलाई भनेमा मार्छु भने ।

जब वालिका विरामी भईन । उपचार गर्न जादा उनी बलात्कृत भएको देखियो । पीडितका परिवारले प्रहरीमा उजुरी दिए ।

वालिकाले पनि मुख खोलिन । नाता पर्ने अंकलले मलाई साँझ एक्लै बोलाएर बलात्कार गरे ।

बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका चिसापानीका एक युवकलाई मंगलबार जिल्ला अदालत इलामले २० वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले चिसापानी–५ का जङ्गे भनिने बुद्धकुमार सेञ्चुरीलाई मुलुकी ऐन जबर्जस्ती महलको १ र २ नं बमोजिम कसुर गरेको ठहर गर्दै सोही महलको ३ ९२० बमोजिम १० वर्ष कैद र मुलुकी ऐन हाडानाता करणीसम्बन्धी १ बमोजिम थप १० वर्ष कैद सजाय सुनाएको हो ।

यसैगरी पीडितलाई रु २० हजार क्षतिपूर्ति भराइदिनेसमेत फैसला सुनाइएको छ । सेञ्चुरीले आफ्नै नाता पर्ने बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै गत जेठ १० गते जिल्ला प्रहरी कार्यालय इलाममा किटानी जाहेरी परेको थियो ।