४ कार्तिक २०८३, बुधबार

म्यानचेस्टर सिटीको शानदार जित, शीर्ष स्थानमा उक्लियो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १९ कात्तिक । साउथह्याम्पटनमाथि शानदार जित दर्ता गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई ६–१ ले हराएको हो ।

सिटीको जितमा रहिम स्ट्रर्लिङ्गले दुई तथा सर्जियो अग्युरो, डेविड सिल्भा र लिरोय सानेले गोल गरे । यस्तै साउथह्याम्पटनका वेस्ली होड्टले आत्मघाती गोल गरे ।

छैटौँ मिनेटमा वेस्लीले गरेको आत्मघाती गोलबाट सिटीले सुरुवाति अग्रता लियो । १२ औँ मिनेटमा अग्युरो तथा १८ औँ मिनेटमा सिल्भाले गोल गरे । ३० औँ मिनेटमा साउथह्याम्पटनका लागि ड्यानी इनग्स एक गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा स्ट्रर्लिङ्गले सिटीका लागि गोल थपे । उनले ६७ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने इन्जुरी समयको पहिलो मिनेटमा सानेले गोल गरेपछि सिटी ६–१ ले विजयी भयो र लिभरपुललाई पछि पार्दै फेरि शीर्ष स्थानमा फर्कियो ।

सिटीको ११ खेलबाट २९ अंक भएको छ । तेस्रो स्थानमा झरेको लिभरपुलको २७ अंक छ । एजेन्सी