काठमाडौं । पूर्व पोर्नस्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोनले नेपाली फिल्म ‘पासवर्ड’मा अभिनय गर्ने भएकी छन् ।
ट्वीट गर्दै सन्नी लियोनीले नेपाली फिल्ममा छोटो रोलमा खेल्न लागेको बताएकी छिन् । ‘पासवर्ड’ नामको नेपाली फिल्ममा सन्नी लियोनीले ‘डान्स पर्फमेन्स’ गर्ने भनेकी छिन् ।
छोटो दृश्य मात्रै भए पनि नेपाली फिल्मका लागि सन्नी लियोनको यो पहिलो अभिनय हुनेछ ।
आफू नेपाली फिल्ममा ‘डान्स पर्फमेन्स’ गर्न पाएकोमा खुसी अनुभूत गरेको बताएकी छन् । ‘एबी ईन्टरनेश्नल’को ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको सूटिङ बेलायतमा हुनेछ ।















प्रतिक्रिया