११ कार्तिक २०८३, बुधबार

कार्यालय रित्तै बनाएर घुम्न गएपछि पुग्यो स्पष्टीकरण पत्र

6.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १९ कात्तिक । गत मंगलबार ३३ जनाको जम्बो टोली लिएर भ्रमणमा निस्किएका वागमती गाउँपालिकाका पदाधिकारीको यथार्थ बुझ्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति ललितपुरलाई पत्राचार गरेको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले यसबारे आइतबार पत्र पठाएको जानकारी दिए । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

‘गाउँपालिकाका सबै पदाधिकारी एकै पटक जिल्ला बाहिर गएर सेवा अवरुद्ध पारेको विषयमा बुझ्न जिससमा पत्राचार गरेको छौं’, उनले भने, ‘अनुगमन तथा निरीक्षण गर्ने अधिकार जिससलाई छ कस्तो प्रतिवेदन आउँछ सोहीअनुरूप अघि बढ्छौं ।’ तर ललितपुर जिसस अध्यक्ष अम्बरबहादुर खड्काले मन्त्रालयको पत्र आइनसकेको जानकारी दिए सबै पदाधिकारी अनुमतिबिना गएको बताउँदै उनले भने, ‘पत्र पाएपछि सोचौंला ।’

भ्रमण सकेर शनिबार नै फर्किसकेका गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चनले संघीय संरचना तथा स्थानीय तहका विकासका काम अवलोक गर्न पूर्वका जिल्ला गएको बताए ‘नयाँ कुरा सिक्ने अधिकार सबैलाई हुन्छ’, उनले भने भ्रमण क्रममा सम्बन्धित क्षेत्रका सबैलाई समेट्दा टोली ठूलो भएको उनको भनाइ छ पाँचदिने भ्रमणमा गएको टोली दार्जिलिङसम्म पुगेर शुक्रबार फर्किने भने पनि दार्जिलिङ गएन टोलीमा उपप्रमुख रञ्जना घिमिरे, कार्यकारी प्रमुख बरदान सेजुवाललगायत ११ जना बोर्ड सदस्य, ४ जना वडाअध्यक्ष तथा सचिवहरू थिए ।