१ कार्तिक २०८३, शनिबार

बहराइनका विपक्षी नेतालाई आजीवन जेल सजायको फैसला

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बहराइन, १८ कात्तिक । बहराइनको पुनरावेदन अदालतले शिते विपक्षी अभियानका प्रमुखलाई आइतबार आजीवन जेल सजाय दिएको छ । उनीमाथि खाडी राष्ट्र कतारका लागि जासूसी गरेको आरोप लगाइएको छ ।

हाल कानुनी प्रतिबन्ध लगाइएको अल–वेफाक अभियानका प्रमुख रहेका शेख अली सल्मानलाई गत जुन महिनामा उच्च फौजदारी अदालतले सफाई दिएको थियो । सरकारी वकीलले उक्त आदेशका विरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गरेका थिए ।

साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्ससँगै बहराइनले सन् २०१७ मा कतारसँगको सम्पूर्ण सम्बन्ध विच्छेद गरेको थियो । इरान र अतिवादी इस्लामिक समूहसँग कतारको सम्बन्ध रहेको भन्दै बहराइनले आफ्ना नागरिकलाई कतारको भ्रमण गर्न र सञ्चार सम्पर्क स्थापित गर्न प्रतिबन्ध लगाएको थियो । –एजेन्सी