
काठमाडौं, १८ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल प्रवेशको लागि एलिमिनेटरमा चितवन राइनोज र हुलास काठमाडौं रोयल्सको प्रतिस्पर्धा शुरु भएको छ ।
पोखरा रंगशालामा ज्ञानेन्द्र मल्लको काठमाडौंले टस जितेर ब्याटिङ रोजेको हो । आइतबारको विजेता टोली फाइनल प्रवेश गर्ने छ ।
चितवन र काठमाडौंबीचको प्ले अफ खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
चितवन लिगको दोस्रो र काठमाडौं तेस्रो हुँदै प्ले अफमा छनोट भएको हो । लिगको पहिलो चरणको पाँच खेलमा ३ जित र २ हारसहित चितवन र काठमाडौंले समान ६/६ अंक जोडेका थिए । तर, नेट रन रेटको आधारमा चितवन दोस्रो र काठमाडौं तेस्रो स्थानमा रहेको थियो ।
यसअघि पोखरा पल्टन ५ खेलबाट ३ जित र २ हारसहित ६ अंक जोडेपनि शीर्ष स्थानमा रहदै फाइनलमा पुगिसकेको छ ।















प्रतिक्रिया