४ कार्तिक २०८३, बुधबार

लिभरपुल फेरि शीर्ष स्थानमा उक्लियो

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १८ कात्तिक । जर्गेन क्लोप्पको टिम लिभरपुल फेरि इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । उसले म्यानचेस्टर सिटीसँगको अंक दूरी तीन बनाउने मौका भने गुमाएको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले लिभरपुललाई १–१ को बराबरीमा रोक्यो । पहिलो हाफमा गोल रहित भएको खेलमा लिभरपुलका लागि ६१ औँ मिनेटमा जेम्स मिल्नरले गोल गरे ।

लिभरपुलले अ‍ेलको अन्तिम ८ मिनेट बाँकी हुँदा यो अग्रता जोगाउन सकेन । ८२ औँ मिनेटमा आर्सनलका लागि एलेक्सान्ड्र लाकाजेटीले बराबरी गोल फर्काए । यो बराबरीपछि ११ खेलबाट २७ अंक जोड्दै लिभरपुल शीर्ष स्थानमा फर्किएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको २६ अंक छ ।

पाँचौँ स्थानको आर्सनलको २३ अंक भएको छ । वुल्भ्सलाई ३–२ ले हराएको टोटनह्याम चौथो स्थानमा उक्लिएको छ । उसको ११ खेलबाट २४ अंक भएको छ । राति नै भएको अर्को खेलमा एभर्टनले ब्राइटनलाई ३–१ ले हरायो । एजेन्सी