११ कार्तिक २०८३, बुधबार

बाेली बाझिँदै : नेकपा नेता कोही सरकारको बचाउमा, कोही विरोधमा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । ‘बर्खाको हिलोमा गाडी एक गियरमै चल्छ। अब मौसम फेरिएको छ, सरकारले २,४ गियरमा मात्रै होइन, उडान नै भर्नेवाला छ। यसमा विश्वस्त हुनुस्।’ –पुष्पकमल दाहाल, अध्यक्ष नेकपा।

‘चुनाव घोषणापत्र बनाउने संयोजक म आफैं थिएँ। तर यो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा त्यसको केही आएन। दुईतिहाइको बहुमतले कसैकसैलाई दम्भ छ, त्यो दम्भले काम गर्दैन। मेलमिलापमै जानुपर्छ।’ –वामदेव गौतम, सचिवालय सदस्य नेकपा। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

०००

यी दुई बोली नेकपाका दुई शीर्ष नेताका हुन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल सरकारको समर्थनमा जुन दिन बुटवलमा बोल्दै थिए, त्यही दिन काठमाडौंमा सचिवालय सदस्य वामदेव गौतमले विरोध गरिरहेका थिए। अध्यक्ष केपी ओलीले नेतृत्व गरेको सरकारबारे नेकपा नेताका स्वर बाझिएका हुन्।

दाहालले पार्टीको प्रदेश ५ कमिटीले गरेको कार्यक्रममा पुगेर प्रधानमन्त्री ओलीको समेत प्रशंसा गरे। गौतमले भने ओखलढुंगाका शिक्षक गुरु लुइँटेलको स्मृति सभामा सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका थिए।

‘चुनाव घोषणापत्र बनाउने संयोजक मै थिएँ तर यो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा घोषणापत्रमा उल्लेख विषय आएनन्, चुनावी घोषणापत्र कार्यान्वयन गर्नैपर्छ,’ गौतमले भने, ‘दुईतिहाइको बहुमत त हामीसँग छ, काम हुन सकिरहेको छैन। त्यो दुईतिहाइको कसैकसैलाई दम्भ छ, त्यो दम्भले काम गर्दैन। मेलमिलापमै जानुपर्छ। कांग्रेस सभापति देउवाले भने जस्तै।’

चुनावअघि तत्कालीन एमाले र माओवादीले गौतमलाई नै संयुक्त चुनावी घोषणापत्र बनाउने जिम्मा दिएका थिए। पार्टी एकतापूर्व पार्टी एकता संयोजन समितिले सुशासन र विकासका प्राथमिकता सम्बन्धमा सुझाव दिन पनि नेता गौतमकै नेतृत्वमा कार्यदल बनाएको थियो। त्यही कार्यदलले चुनावी घोषणपत्र बनाएको थियो। विकास र सुशासनका खाका पनि तयार पारेको थियो।