काठमाडौं, १८ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको बेलायत भ्रमण रद्ध भएको छ । नेपालीहरूका लागि बेलायतले भिसा भारतस्थित दूतावासबाट दिने गरेको छ । भारतीय दूतावासले मन्त्री अधिकारीलाई उपलब्ध गराएको भिषा च्यातिएको पाइएपछि उनको शनिबार हुने भनिएको भ्रमण नै रद्ध भएको छ ।
नोभेम्वर ५ देखि ७ तारिख सम्म लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागी हुन जान लाग्नु भएका मन्त्री अधिकारीको भिसामा भीएफएस ग्लोवल नेपालले च्यातिएको भिषामा क्रस गरिएको राहादानी दिएपछि मन्त्री अधिकारीको भ्रमण रद्द भएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
भिषा लागेको राहदानी लापरवाहीका कारण च्यातिएको मन्त्रीको सचिवालय सदस्य धुव्र पोखरेलले जानकारी दिए । उनका अनुसार एक पटक टासिएको भिसा पुनः निकाली दोहो¥याएर टास्न खोज्दा च्यातिएको देखिएको छ ।
भिषा च्यातिएको र भिषा रातो रङको मसीले क्रस गरिएको छ । राहादानीको पृष्ठ नम्वर १४मा सन् २०१९को मे १ सम्मकालागि मल्टिपल भिषामा ‘सी भिजिट’ लेखिएको छ । भिसा प्रकृयामा वेलायती दूतावासको या भीएफएस ग्लोवल नेपालको लापर्वाहीका कारण भिसा रद्द भएको हो भन्ने विषयमा अहिले नै कही भन्न नसकिने बताइएको छ ।
मन्त्रीको बेलायत भ्रमणका लागि ललितपुको भिएफएस ग्लोबल नेपाललमा भिषाका लागि मन्त्री अधिकारीले आवदेन दिएका थिए । राहदानी संकलन गर्न भिएफएस कार्यालय पुगेका मन्त्रालयका कर्मचारीलाई च्यातिएको र रातोमसीले क्रस गरेको भिसा भएको राहदानी दिएपछि मन्त्रीको बेलायत भ्रमण प्रभावित भएको सचिवालयले जनाएको छ ।
लामो समय सम्म मिस प्लेस गरेको र अन्तिम समयमा आएर राहादानी दिइएको छ, भिएफएस ग्लोवल नेपालले नियतवस वा टास्ने प्रकृयामा च्यातिएको हो भन्ने वारे म कही भन्न सक्दिन भिएफएस ग्लोवलले राम्रो व्यवहार नगरेको मन्त्री अधिकारीले जानकारी दिए । मन्त्री अधिकारीले आफु मेलामा नजाने प्रष्ट पारे ।
मन्त्री अधिकारी पर्यटन व्यवसायी र मन्त्रालयका वरिष्ठ अधिकारीसहित ३१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लन्डन जानेकार्यक्रम तय भएको थियो ।
राहादानीको भिषामा त्रुटी भेटिएपछि यथार्थ बुझ्न मन्त्रालयका कर्मचारीले ललितपुर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पाटनस्थित भिसा वितरक संस्था भीएफएस ग्लोवलको कार्यालयमा पुगेर गल्ती गरेको मुचुल्का नै वनाएको सचिवालयले जनाएको छ ।
पहिले गल्ती स्वीकार गरेपनि मुचुल्कामा हस्ताक्षर गर्न नमानेका भीएफएसका कर्मचारीलाई प्रहरीले कानूनी प्रकृयामा गएर कारवाही गर्ने जानकारी गराएपछि गल्ती स्वीकार गर्दै हस्ताक्षर गरी आइतवारसम्म पुनः अर्को भिसा इसु गर्ने जनाएको भएपनि मन्त्रीको सचिवालय सदस्य कृष्णप्रसाद आचार्यले भ्रमण रद्द भएको जानकारी दिए ।
बेलायत भ्रमणमा जाने अन्य प्रतिनीधिहरूको भने बिहीबार नै भिसा दिएको थियो । बिहीबारसम्म राहदानी नदिएपछि शुक्रबार कार्यालय खुल्नासाथ मन्त्रीका सचिवालय सदस्य आचार्य भिएसएफ ग्लोबल नेपालको कार्यालय पुगेका थिए । स्रोतका अनुसार भिएफएस ग्लोवलले केही समय अगाडि अख्तियार अनुसन्धान आयोका आयुक्तको पनि भिसा च्यातेर राहदानी थमाएका थिए ।















प्रतिक्रिया