
काठमाडौं, १७ कात्तिक । विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र ‘प्रसाद’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।
शुक्रबार साँझ ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा दिनेश राउतको निर्देशन रहेको छ भने निश्चल बस्नेत पनि प्रमुख भुमिका रहेका छन् ।
प्रेम, मिलन र पारिवारिक माहोलबीच सन्तानको अभावले मानसिक रुपमा पिरोलिएका दम्पतीहरुको कथा चलचित्रमा समेटिएको छ ।
मंसिर २१ गतेबाट प्रदर्शनमा आउने ‘प्रसाद’को कथा सञ्चारकर्मी सुशील पौडेलले लेखेका हुन् । जसको सम्पादन लोकेश बज्राचार्यले गरेका छन् ।















प्रतिक्रिया