४ कार्तिक २०८३, बुधबार

पीपीएल क्रिकेट : विराटनगरलाई ४ विकेटले हराउँदै दोस्रो चरणमा पुग्यो चितवन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत चितवन राइनोजले विराटनगर टाईटन्सलाई हराएको छ ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा पारस खड्काको चितवनले सन्दीप लामिछानेको विराटनगरलाई ४ विकेटले पराजित गरेको हो । विराटनगरले दिएको १४६ रनको लक्ष्य चितवनले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४५ रन जोडेको थियो । विराटनगरका लागि मोहमद जायद आलमले ५१ रन जोडे । सुनिल धमला ४७ रनमा आउट भए । चितवनका कप्तान पारस र स्मित पटेलले २/२ विकेट लिए ।

शनिबारको जितसँगै चितवन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । विराटनगर भने प्रतियोगिताबाट बाहिरीइसकेको छ ।