लण्डन, १७ कात्तिक । जर्मनीका एक पूर्वनर्सले आफूले एक सय बिरामी मारेको स्वीकार गरेका छन् । नेल्स होएगेल नाम गरेका पूर्व नर्सले अदालतसमक्ष सो स्वीकार गरेका हुन् ।
अन्य बिरामीको हत्या गरेको अभियोगमा यसपहिले नै आजीवन कारावासको सजाय पाएका ४१ वर्षीय पूर्वनर्स होएगेलले आफूले बिरामीलाई जानाजान औषधिको अधिक मात्रा दिएर मारिदिएको बताएका छन् । बिरामीलाई जीवनको अन्तिम समयमा बचाउन सकिने विश्वासमा आफूले औषधि खुवाएको उनले बताएका छन् । स्वास्थ्यसम्बन्धी कानुनले उक्त कार्यलाई अवैध मान्छ ।
उत्तरी सहर ओल्डेनबर्गमा सुनुवाइको पहिलो दिन न्यायाधीश सेवास्टियन बुहेरम्यानसमक्ष ती व्यक्तिले बिरामीलाई आफ्नै ढंगले औषधि खुवाएको बताए । ‘हो, मैले उनीहरूलाई आफूखुसी औषधि खुवाएको हो,’ मृतकका दर्जनौँ शोकमग्न आफन्तहरूले भरिएको अदालतको एक कोठामा उनले भने ।
सुनुवाइ सुरु भएपछि न्यायाधीश बुहेरम्यानले भने, ‘हामीले सत्य पत्ता लगाउन सम्भव भएसम्म कोसिस गर्नेछौँ ।’ सरकारी अभियोजनकर्ता डानियला स्किरेक बोहलम्यानले अस्पतालको लापर्बाहीका कारण मारिएका सबैको नाम पढेर सुनाउँदा दारीवाल होएगेलले टाउको झुकाएका थिए ।
अभियोजनकर्ताका अनुसार आरोपित पूर्वनर्सले काम गरेको ओल्डेनबर्गस्थित अस्पतालमा ३६ बिरामी मारिएका थिए भने करिब ६४ जनालाई नजिकैको डेलमेनहस्र्ट क्लिनिकमा सन् २००० देखि २००५ सम्मको समयमा हत्या गरिएको थियो ।
होएगेलले औषधि खुवाएर मारेका १ सय ३० मानिसको शवलाई समाधिबाट उत्खनन गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ । अस्पतालले बिरामी मारेको मारिएका व्यक्तिका एक आफन्तले बताए । ‘तपाईं सरलक होम्स बन्नुहुँदैन, पीडितलाई न्याय दिलाउन र यस किसिमका घटना हुनबाट रोक्न आवश्यक सबै कदम चाल्नुपर्छ,’ मारबाकले भने । एजेन्सी















प्रतिक्रिया