४ कार्तिक २०८३, बुधबार

पीपीएल : काठमाडौंले दियो पोखरालाई १०४ रनको लक्ष्य

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत हुलास काठमाडौं रोयल्सले घरेलु टोली पोखरा पल्टनलाई जितका लागि १०४ रनको लक्ष्य पेस गरेको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको ज्ञानेन्द्र मल्लको काठमाडौंले १९ ओभर १ बलमा अलआउट हुँदै १०३ बनाउन मात्र बनाउन सक्यो ।

काठमाडौंका लागि कप्तान ज्ञानेन्द्रले सर्वाधिक ३१ रन जोडे । यस्तै अमित श्रेष्ठले २१ रन बनाए ।