४ कार्तिक २०८३, बुधबार

नेइमारको गोलपछि पिएसजीको कीर्तिमानी जित

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १७ कात्तिक । केलियन एमबाप्पे र नेइमारको गोलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले कीर्तिमानी जित निकालेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा पिएसजीले लिलेलाई २–१ ले हराएको हो ।

लिग वानमा यो सिजन पिएसजीको यो लगातार १२ औँ जित हो । यसको अर्थ युरोपका शीर्ष पाँच लिगमा ५८ वर्षअघि सुरुका ११ खेलमा लगातार जित निकाल्दै इंग्लिस क्लब टोटनह्यामले बनाएको कीर्तिमान पिएसजीले भंग गरेको छ ।

पिएसजी लिगका सुरुका एक दर्शन खेल अर्थात १२ खेलमा लगातार जित निकाल्ने पहिलो टोली बनेको छ । यसअघि सन् १९६०–६१ को सिजनमा टोटनह्यामले लिगका सुरुका ११ खेलमा जित निकालेको थियो ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ७० औँ मिनेटमा एमबाप्पेले पिएसजीका लागि सुरुवाति गोल गरेका हुन् । ८४ औँ मिनेटमा नेइमारले घरेलु टोलीका लागि गोल गरे ।

लिलेका लागि इन्जुरी समयको तेस्रो मिनेटमा पेपेले एक गोल फर्काए । लगातार १२ औँ जित दर्ता गरेको पिएसजी ३६ अंकसहित शीर्ष स्थानमा छ । एजेन्सी