११ कार्तिक २०८३, बुधबार

चीनलाई फुटाउने आन्दोलन नेपालमा चर्काउने

15.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । नेपालमा रहेका तिब्बती शरणार्थीले फेरि स्वतन्त्र तिब्बतको पक्षमा आन्दोलन चर्काउने तयारी गरेका छन् ।

दलाई लामाको निर्वासित सरकारले आन्दोलनका कमान्डरसमेत तोकेको छ । विगतमा दलाई लामाको नेपालस्थित प्रतिनिधिको कार्यालय (गाडेन खाङसार)का प्रमुखका रूपमा काम गरेका थिन्ले गयाट्सोलाई आन्दोलनका कमान्डरका रूपमा खटाइएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सन् २००१ देखि २०११ सम्म उनी नेपाल प्रमुख भएर काम गरेका थिए । सन् २००८ मा उनकै नेतृत्वमा नेपालमा फ्री तिब्बतको पक्षमा करिब ३ महिनासम्म आन्दोलन चर्किएको थियो । त्यसवेला दैनिकजसो चिनियाँ दूतावासअगाडि तिब्बती शरणार्थीको प्रदर्शन हुँदै आएको थियो ।

पछिल्ला वर्ष त्यस्तो आन्दोलन सरकारले नै नियन्त्रण गर्दै आएको छ । त्यसवेलाका आन्दोलनका कामान्डर गयाट्सोले सन् २०११ देखि निर्वासित सरकारको अर्थ मन्त्रालयको सचिवका रूपमा काम गरेका थिए । सचिव पदबाट अवकाश पाएपछि उनलाई आन्दोलनका लागि नेपाल खटाइएको हो ।

तिब्बती शरणार्थीको संस्था जावलाखेलस्थित स्नोलाइन फाउन्डेसनको कार्यकारी निर्देशक पको जिम्मेवारीको आवरणमा उनलाई आन्दोलनका लागि खटाइएको स्रोत बताउँछ । सो संस्थाले तिब्बती शरणार्थीका लागि आर्थिक स्रोत जुटाउने काम गर्दै आएको छ ।