११ कार्तिक २०८३, बुधबार

तिब्बती शरणार्थीलाई भारत निष्कासन रोकियो

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । चीनबाट भागेर नेपाल आउने तिब्बती शरणार्थीलाई गृह मन्त्रालयले भारत निष्कासन रोकेको छ । विगतमा कानूनविपरीत तिब्बती शरणार्थीलाई सरकारले भारतमा निष्कासन गर्दै आएको थियो । तर, करिब चार महिनायता गृहमन्त्री रामबहादुर थापाले यस्तो प्रक्रिया रोकेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

अध्यागमनसम्बन्धी कानुनमा अवैध रूपमा नेपाल प्रवेश गर्ने तथा बस्ने व्यक्तिलाई सम्बन्धित देशमै निष्कासन गर्ने प्रावधान छ । शरणार्थीलाई सहयोग गर्दै आएका अन्तर्राष्ट्रिय संस्थाहरूको दबाबमा सरकारले करिब ०५० देखि नै यसरी भारत निष्कासन गर्दै आएका थिए ।

अवैध रूपमा नेपाल आउने तिब्बती शरणार्थी पटक–पटक पक्राउ पर्दै आए पनि उनीहरूलाई कारबाहीपछि चीन निष्कासन गरिँदैन । बरु, काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगको कार्यालय (युनएनएचसिआर)मा बुझाउने गरिएको छ ।

युएनएचसिआरले नै गृह मन्त्रालयबाट निर्णय गराई विगतमा दलाई लामाको धर्मशालामा पठाउने गरेको अध्यागमन विभागका एक अधिकारीले बताए ।