२ कार्तिक २०८३, सोमबार

झण्डै पड्केको थियो ३६ एम ग्रिनेट बम

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bom-ilamइलाम, १३ माघ । इलामको प्रसिद्ध बजारमा मंगलबार झण्डै ३६ एम ग्रिनेट बम पड्किसकेको थियो । स्थानियले प्रहरीमा खबर नगरेका भए एक दर्जन बढीको मृत्यु हुनसक्थ्यो ।

माइपोखरीमा मंगलबार बिहान बेवारिसे अवस्थामा फेला परेको बम नेपाली सेनाको एक टोलीले निष्क्रिय बनाएको छ ।

घाँस काट्ने क्रममा माइपोखरी–१ मा ३६ एम ग्रिनेट फेला परेपछि स्थानीय जनताले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउनासाथ कालीध्वज गणका सहसेनानी सुवास केसीको नेतृत्वमा खटिएको टोलीले बम निष्क्रिय पारेका हो ।

उक्त बम सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही पक्षले छाडेको हुनसक्ने प्रहरी नायव उपरीक्षक अनुपमशम्शेर जबराले बताउनुभयो ।