४ कार्तिक २०८३, बुधबार

पीपीएल क्रिकेटमा बुटबलले पायो काठमाडौंबाट १७३ रनको लक्ष्य

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत हुलास काठमाडौं रोयल्स्ले बुटवल ब्लास्टर्सलाई १७३ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको ज्ञानेन्द्र मल्लको काठमाडौंले पुरै २० ओभरमा ४ विकेट गुमाएर १७२ रन बनाएको हो ।

सोमपाल कामीको बुटवलले १७३ रनको लक्ष्यका लागि संघर्ष गर्नेछ । काठमाडौंका लागि नरेश बुढाएरले सर्वाधिक २८ बलमा ५८ रनको उत्कृष्ट पारी खेले । यस्तै जयकिशन कोल्शावालाले ४५ तथा पवन सर्राफले २२ रन जोडे । बुटवलका लागि विपिन खत्रीले २ विकेट लिए ।

बुटवल ४ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा छ । उसलाई अघिल्लो चरणका लागि शुक्रबारको खेल जित्नै पर्ने दबाब छ । ३ खेलबाट ४ अंक जोडेको काठमाडौं चौथो स्थानमा छ ।