
काठमाडौ, १६ कार्तिक । एनसेल प्राईभेट लिमिटेडले चाडपर्वको अवसरमा संचालन गरिरहेको आकर्षक ‘रिचार्ज एण्ड विन’अफर अन्तर्गत आठौं हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।
प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही रु एक लाख जित्ने ‘रिचार्ज एण्ड विन’ १० हप्तासम्म संचालनमा रहने अफर हो । भाद्र १७ गतेबाट शुरु भएको अफर अन्तर्गत आठौं हप्ताका विजेताहरु कार्तिक १३ गते एपिवान टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको लाईभ ड्र कार्यक्रम मार्फत छानिएका हुन् ।
एनसेलले आठौं हप्ताका भाग्यशाली विजेताहरु मध्येका चार जनालाई बिहीबार काठमाडौँमा जनही नगद रु एक लाख पुरस्कार प्रदान गरेको हो । एनसेलका सेक्युरिटी तथा जेनेरल सर्भिसेज् निर्देशक महेन्द्र कुमार भट्टचनले आठौं हप्ताका चार विजयीहरु गुल्मीका तिलक कुमाल, कञ्चनपुरका महेश प्रसाद भट्ट, रौतहटका दिवश लामिछाने र गोरखाका जितमान बरालीलाई जनही रु एक लाख नगद पुरस्कार हस्तान्तरण गरेका हुन् ।
आठौं हप्ताका छानिएका १० विजयी मध्ये दुई जना योजनाको शर्त बमोजिम पुरस्कारका लागि अयोग्य ठहरिएकाले उनीहरुको स्थानमा दुई नयाँ भाग्यशाली विजेता ग्राहकको छनौट नवौं हप्तामा लाइभ ड्र मार्फत नै हुने एनसेलले बताएको छ । दुई नयाँ विजयीहरु आठौं हप्ताका लागि वितरण गरिएको कोड नम्बरहरुबाट नै छानिने छन् ।
‘रिचार्ज एण्ड विन’अफर अन्तर्गत सातौं हप्ताका विजेता मध्येका एक ताप्लेजुङ्गकी पद्मा कुमारी पौडेललाई एनसेलले बुधबार पुरस्कार प्रदान गरेको थियो । उनलाई कम्पनीले आफ्नो बिर्तामोडस्थित एनसेल सेन्टरबाट पुरस्कार हस्तान्तरण गरेको हो । त्यसैगरी पाँचौं हप्ताका भाग्यशाली विजेता मध्येका एक सिराहाका सन्तोष कुमार साहले कार्तिक ८ गते आफूले पाएको पुरस्कार एनसेल सेन्टर लहानबाट ग्रहण गरेका थिए ।
अफर अन्तर्गत आठौं हप्तासम्ममा ७८ जना भाग्यशाली विजेताहरुले जनही रु एक लाख जित्न सफल भएका छन् । यी मध्ये ५० जनाले आफ्नो नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने प्रमाणित भईसकेका समेत गरी बाँकी २८ विजयीहरुलाई आवश्यक प्रक्रिया समापन भए लगतै काठमाडौं लगायत उपत्यकाबाहिर अवस्थित एनसेल सेन्टरहरुबाट नगद पुरस्कार प्रदान गरिने छ ।
‘रिचार्ज एण्ड विन’अफरमा सप्ताहभर रु १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्दछन् । यस अन्र्तगत प्रत्येक हप्ता १० जना विजयी ग्राहकले जनही खुद रु एक लाख नगद पुरस्कार पाउँछन् । नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्दछ ।
यो योजना एनसेलले साप्ताहिक चक्रमा संचालन गरिरहेको छ, जसको शुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ । ग्राहकले आइतबार देखि शनिबार सम्मको अवधिमा गरेको प्रत्येक रु १०० बराबरको रिचार्जका आधारमा एसएमएस मार्फत एउटा कोड प्राप्त गर्छन् । उदाहरणको लागि ग्राहकले आइतबार देखि शनिबार सम्ममा रु २५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबार सम्ममा एसएमएस मार्फत दुई वटा विशेष कोडहरु प्राप्त गर्छन् ।
प्रत्येक हप्ताको १० भाग्यशाली ग्राहकहरुको छनौट मंगलबार प्रत्यक्ष प्रशारण हुने लाइभ ड्र कार्यक्रममार्फत गरिन्छ । चर्चित व्यक्तित्वहरुको उपस्थितीमा हुने कार्यक्रम मंगलबार साँझ ७ः०० बजे एपिवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुन्छ ।















प्रतिक्रिया