२ कार्तिक २०८३, सोमबार

घाँटी रेटेर महिलाको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, १३ माघ । सर्लाहीको सदरमुकाम मलङ्गवामा एक महिलाको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको छ ।

मलङ्गवा नगरपालिका–५ का खुसवुदा खातुनको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राति पक्की घरमा सुतेकी खातुनलाई छेउमै रहेको अर्को कच्ची घरमा लगेर घाँटी रेटेर हत्या गरिएको प्रहरी नायब उपरीक्षक सुदम सिजापतिले बताउनुभयो ।

एउटै घरको छुट्टाछुट्टै कोठामा सुतेकाले दुई छोरा र एक छोरीले बिहानमात्र आमाको हत्या भएको थाहा पाएका थिए । प्रहरीका अनुसार छोराछोरीले बिहान उठेर हेर्दा आमालाई नदेखेपछि छिमेकीसहितले निकैबेर खोज्दा अर्को घरमा हत्या गरिएको अवस्थामा खातुनको शव फेला परेको थियो ।

मृतक खातुनका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा छन् । रासस