११ कार्तिक २०८३, बुधबार

तिहारलाई बिजुली लिन भारत पुगे कुलमान घिसिङ

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । भारतबाट आयात भइरहेको विद्युत् नियमित गर्ने विषयमा छलफल गर्न विद्युत् प्राधिकरणको टोली भारत गएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङ र निर्देशक प्रबल अधिकारीसहितको टोली दिल्ली गएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

टोलीले आयातित विद्युत् नियमित गर्नेबारे वार्ता गर्ने ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । ‘विद्युत्को उच्च माग हुने लक्ष्मी पूजाको दिन हालकै विद्युत् परिमाणले पुग्छ,’ मन्त्री पुनले भने, ‘तर, भारतले आपूर्ति गर्दै आएको विद्युत् नरोकियोस भनेर उहाँहरू भारत जानु भएको हो ।’ मन्त्री पुनका अनुसार सोे टोलीले दिल्लीमा उत्तराखण्ड र उत्तर प्रदेशको विद्युत् निर्यातकर्ता निकायका अधिकारीसँग छलफल गर्नेछ । त्यस्तै, शुक्रबार पटना पुगेर बिहारबाट आयात भइरहेको विद्युत्का विषयमा छलफल गर्ने कार्यक्रम छ ।

नेपालले अहिले ढल्केबर, कटैया, राजविराज, नेपालगञ्ज, बुटवल र टनकपुरबाट विद्युत् आयात गरिरहेको छ । यसमध्ये ढल्केबर–मुजफ्रपुर २२० केभी प्रसारणलाइनबाट बढी परिमाणमा विद्युत् आयात भइरहेको छ । नेपालले भारतको केन्द्रीय निकाय, बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्यबाट विद्युत् आयात गरिरहेको छ । यीमध्ये बिहार र उत्तराखण्डबाट चाहिएजति विद्युत् आयात गर्न सकिने व्यवस्था छ । आयातित विद्युत्को दर स्थान अनुसार ४ देखि १० रुपैयाँ प्रतियुनिटसम्म छ । नेपालले भारतको सरकारी स्वामित्वको कम्पनी विद्युत् व्यापार निगम लिमिटेड ९एनभिभिएन०सँग विद्युत् खरिद गर्दै आएको छ ।

भारतबाट आयात हुँदै आएको विद्युत्को विक्री दर वार्षिक ५ प्रतिशतका दरले वृद्धि गर्न भारतीय पक्षले नेपाललाई आग्रह गर्दै आएको थियो । तर, नेपालले २ वर्षदेखि आयातित विद्युत्को दर बढी दिएको छैन । ‘यही कारण भारतले हामीलाई आवश्यक परेको बेला आयारत नरोकोस् भनेर हाम्रो टोली गएको हो,’ मन्त्री पुनले भने, ‘आयात भएकै परिमाणमा विद्युत् आपूर्ति जारी रहे पनि हामीलाई समस्या छैन । अहिले राती विद्युत् बचतको अवस्थामा हामी छौँ ।’ नेपालमा अहिले कुल २० हजार ६ सय ८१ मेगावाट आवर विद्युत् खपत भइरहेको छ । त्यसमध्य भारतबाट ४ हजार २ सय ९२ मेगावाट आवर आयात हुन्छ ।