कलैया, १३ माघ । कलैया नगरपालिका वडा नं ५ बस्ने मोतीलालप्रसाद साहका चार वर्षीय छोरा आशीषकुमार साहलाई गएराति अज्ञात व्यक्तिले अपहरण गरी हत्या गरेको छ ।
गएराति करिब १० बजे आमा छिमेकीको घरमा गएका मौका छोपी अज्ञात व्यक्तिले बालकको अपहरण गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बालकको खोजी गर्ने क्रममा घरदेखि केही टाढा टाँगा स्टेन्डनिर गम्भीर घाइते र अचेत अवस्थामा फेला परेका बालकको उपचारका क्रममा वीरगन्ज उपक्षेत्रीय अस्पतालमा राति ११ बजे मृत्यु भएको हो । प्रहरीले अपराधीको खोजी गरिरहेको छ ।















प्रतिक्रिया