४ कार्तिक २०८३, बुधबार

राईनो गोल्डकप : आयोजक नवलपरासीको विजयी सुरुवात

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–बिजय चालिसे
कावासोती, १५ कात्तिक । नवलपुरमा बिहीबारदेखि शुरु भएको राईनो गोल्डकप फुटबल प्रतियोगितामा आयोजक नवलपरासीले विजयी सुरुवात गरेको छ ।

मध्यविन्दु नगरपालिका–२, कोल्हुवाको मैदानमा बिहीबार भएको उद्घाटन खेलमा आयोजक नवलपरासी ११ ले रुपन्देही ११ लाई १–० ले हराएको हो ।

नवलपरासीका लागि एकमात्र विजयी गोल सबि गुरुङले गरे । पहिलो हाफ बराबरीमा रोकेको रुपन्देहीले दोस्रो हाफमा गोल खाएको हो । दोस्रो हाफको २२ औं मिनेटमा सबिले गोल गरेका हुन् । बिहीबारको खेल ७० मिनेटमा छोट्याइएको थियो ।

प्रतियोगिता अन्तर्गत भोलिको खेलमा न्युरोड टिम एन .आर. टि. र सरस्वती क्लबबीच हुने आयोजकले जनाएको छ ।

यसअघि प्रतिनिधिसभा सदस्य तिलक महतले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन् ।

‘ए’ डिभिजनका ६ टिमसहित १२ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । सेमीफाईनलमा पुग्ने २ टिमलाई म्याच मनी १ लाख रुपैयाँ पाउने आयोजक नन्द–भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी दिए ।