
काठमाडौं, १५ कात्तिक । नेपाल चौथो संस्करणको यू–१५ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ । घरेलु मैदानमा बिहिबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पाकिस्तानसँग ४–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा पहिलो हाफमा गोलरहित बराबरी भएको भएको भएपनि दोस्रो हाफमा नेपालले ४ गोल खाएको हो ।
खेलको ५९ औं मिनेटमा नेपालका जान लिम्बुले रातो कार्ड खाएपछि नेपाल दश खेलाडीमा सिमित भएको थियो । पाकिस्तानले फाइनलमा अब उपाधिका लागि बंगलादेशसँग खेल्नेछ ।















प्रतिक्रिया