४ कार्तिक २०८३, बुधबार

राइनो गोल्डकप : उद्धाटन खेलमा रुपन्देही र आयोजक नवलपरासी भिड्ने

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बिजय चालिसे
कार्तिक १४, कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा हुने ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता–२०७५’ को सम्पूर्ण तयारी पुरा भएको छ ।

विगत १५ बर्ष देखी संरक्षित एक सिंगे गैंडाको संरक्षणका फुटबल प्रतियोगिता हुँदै आएको छ । आयोजक नन्द–भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

बिहिबारदेखि शररु हुने खेलको उद्धाटन प्रतिनिधि सभा सदस्य तिलक महत क्षेत्रीले गर्ने आयोजकले जनाएको छ । उद्घाटन खेलमा आयोजक नवलपरासी–११ र रुपन्देही–११ बीच प्रतिस्पर्धा हुने छ ।

खेलमामा विभागीय टिम एपिएफ र नेपाल पुलिस क्लबसहित ए डिभिजनका ६ सहित १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत १६ गते एन. आर. टी. र सरस्वती क्लव, १७ गते विरगन्ज युथ क्लव र कास्की ११, १८ गते च्यासल युथ क्लव र व्वाइज युनियन क्लव, १९ गते नेपाल पुलिस क्लव र सी. एम. जी. संकटाबीच हुने भएको छ । यस्तै २६ गते एपीएफ क्लब र मनाङ-मर्स्याङ्दी क्लवबीच हुने प्रचार–प्रसार सयोजक बिष्णु अधिकारीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । सेमीफाईनलमा पुग्ने २ टिमलाई म्याच मनी १ लाख रुपैयाँ दिईने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडिलाई ५ हजार,प्रतियोगीताभरको उत्कृष्ट खेलाडिलाई १० हजार, सर्वा्िधक गोलकर्तालाई १० हजार सहित प्रमाण पत्र शिल्ड प्रदान गरिने छ भने टिम एलायन्स वापत प्रति खेल ३ हजारका दरले उपलब्ध गराईने छ ।