काठमाडौं, १४ कात्तिक । माछापुच्छ्रे बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी छुट्टा छुट्टै सम्झौता भएको छ ।
सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रवन्ध निर्देशक बाबुकाजी कार्की र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्दको तर्फबाट कार्यकारी अध्यक्ष सुदीप श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले ओम हस्पिटलका सेवाहरुमा ७ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । ओम हस्पिटलले उपचार गराउन आउँने बैंकका ग्राहकहरूलाई प्याथोलोजी, अल्ट्रासाउन्ड, जेनरल हेल्थ चेकअप, सि. टि. स्क्यान–एक्सरे, म्यामोग्राफि, इ.सि.जि., इको, इन्डोस्कोपी, कोलोनोस्कोपी, डेन्टल उपचार, अपरेसन चार्ज, बेड चार्ज, मेडिकल चार्ज र ल्याब एण्ड रेडियोलोजी सेवामा ७ प्रतिशत छुट दिनेछ । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो स्थापनाकाल देखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
त्यसै गरी अर्का सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले नेपाल क्यान्सर अस्पतालका सेवाहरुमा ५ प्रतिशतदेखि १० प्रतिशतको छुट पाउन सक्नेछन् । नेपाल क्यान्सर अस्पतालले क्यान्सर सम्बन्धी उपचार गराउन आउँने बैंकका ग्राहकहरूलाई रेडियोलोजी, ल्याबोरेट्री, बेड चार्ज र अस्पतालमा उपलब्ध क्यान्सर स्क्रिनिङ्ग प्याकेजमा १० प्रतिशत छुट दिने भएको छ । साथै, अस्पतालको रेडिएसन् थेरापी र ब्राकिथेरापी सेवामा पनि ग्राहकहरूले ५ प्रतिशत छुट पाउने भएका छन् । नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द« क्यान्सर रोग सम्बन्धी सेवा प्रदान गर्ने नेपालकै उत्कृष्ट अस्पतालको रुपमा स्थापित भईसकेको छ ।
बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२५ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १०३ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।















प्रतिक्रिया