महेन्द्रनगर, १३ माघ । त्रिसट्ठिऔँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा गड्डाचौकी भन्सार कार्यालयले महेन्न्द्रनगरस्थित बाल अनाथालयलाई खाद्यान्न र स्टेशनरी सामान सहयोग गरेको छ ।
भन्सार कार्यालयले सहयोग हस्तान्तरण कार्यक्रमको आयोजना गरी महेन्द्रनगरस्थित महाकाली अञ्चल बाल अनाथालयमा रहेका ३२ जना बालबालिकालाई १२ बोरा चामल, स्टेसनरी सामानका साथै तन्नासमेत सहयोग स्वरुप हस्तान्तरण गरेको हो ।
गड्डाचौकी भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले कञ्चनपुर भन्सार एजेन्ट र भारतीय व्यापारीले सहयोग सामग्री उपलब्ध गराएको बताउनुभयो ।
त्यसैगरी कार्यालयमा ‘जनताको आँखामा भन्सार’ शीर्षकमा व्यक्तित्वकलाको समेत आयोजना गरेको उहाँले जानकारी दिनुभयो ।
भन्सार दिवसकै पूर्वसन्ध्यामा पनि भन्सार कार्यालयले महिला तथा वुद्ध सेवा केन्द्रमा खानेपानी ट्याङ्की जडान, सहयोग सामग्री हस्तान्तरणका साथै भन्सार सम्बन्धमा यहाँका व्यापारी तथा व्यवसायीसित अन्तरक्रियासमेत गरेको थियो ।















प्रतिक्रिया