४ कार्तिक २०८३, बुधबार

पीपीएल क्रिकेट : बुटवलको पहिलो हार, विराटनगरसँग १२ रनले पराजित

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर टाईटन्सले पहिलो जित निकालेको छ ।

सन्दीप लामिछानेको विराटनगरले सोमपाल कामीको बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गरेको हो । बुटबलको भने यो पहिलो हार हो ।

पोखरा रंगशालामा विराटनगरले दिएको १४१ रनको लक्ष्य पच्छाएको बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको हो । बुटवलका लागि भिम सार्कीले सर्वाधिक ५० रनको योगदान दिएपनि जित टिमको पक्षमा परेन ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको सन्दीप लामिछानेको विराटनगरले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १४० रन बनाएको थियो । विराटनगरका लागि मोहमद जायद आलमले ७२ रनको योगदान दिए । यस्तै प्रदीप ऐरीले ४१ रन जोडे ।

बुधबारको खेलको जितसँगै विराटनगरले जारी प्रतियोगितामा जितको खाता खोलेको छ । बुटवलले भने यसअघिका दुई खेल जित्दै ४ अंक जोडेको छ ।