३० आश्विन २०८३, शुक्रबार

कालले चुँडेर लग्यो ‘एमाले बा’ लाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemale

भद्रपुर, १३ माघ । नेपाल कम्युनिस्ट पार्टीका एमाले झापाका पहिलो सदस्य रुद्र चापागाईंको निधन भएको छ ।

८८ वर्षको उमेरमा सोमबार साँझ आफ्नै निवास तोपगाछी–७ केरखामा उहाँको निधन भएको हो । नेपाली कम्युनिस्ट आन्दोलनमा २००६ सालदेखि लाग्नुभएका चापागार्इंको मुटु र दम रोगको कारण लामो समयदेखि ओछ्यान पर्नुभएको एमाले झापाका मोर्चा सङ्गठनका शिव ढुङ्गेलले जानकारी दिनुभयो । उनी ‘एमाले बा’ का नामले परिचित हुनुहुन्थ्यो । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित झापाका पुराना नेताहरुले पनि उहाँलाई निकै आदरका रुपमा सम्मान गर्नुहुन्थ्यो ।

नेपाल कम्युनिस्ट पार्टीको २००८ सालमा सदस्यता लिनुभएका चापागाईं रैतीमुक्ति आन्दोलनका समय जेल पर्नुभएको थियो । चापागार्इं २०२७ सालको झोडा आन्दोलन र २०२८ सालको झापा किसान आन्दोलनमा प्रत्यक्ष सहभागी हुनुभएको थियो ।

झापाका पहिलो सदस्यता प्राप्त गर्ने कम्युनिस्ट योद्धा चापागाईंलाई आज कनकाई नदीमा अन्त्येष्टि गरिने बताइएको छ ।